६ बैशाख २०८१, बिहिबार

बारा-४ बाट समाजवादीका पूर्वमन्त्री किसान श्रेष्ठ विजयी


कृष्णकुमार श्रेष्ठ

बारा । बारा क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार समाजवादीका श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का एकवाल मियाँलाई पराजित गर्दै विजयी भएका हुन् ।

श्रेष्ठले उनका प्रतिद्वन्द्वी मियाँलाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । समाजवादीका श्रेष्ठ २९ हजार ५०५ मत ल्याई विजयी भएका हुन् भने एमालेका मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन् । श्रेष्ठले मियाँलाई १० हजार ६६ फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ व्यापारी पृष्ठभूमिका रहेका तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए । पछि एमाले विभाजन भएपछि एकीकृत समाजवादीतिर लागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !