१२ असार २०८१, बुधबार

माओवादीले सिन्धुलीबाट खाता खोल्यो, राजन दाहाल विजयी


राजन दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभामा खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् । दाहालले एमालेका उम्मेदवार थापाभन्दा ६ हजार १६२ मतान्तरले निर्वाचित भएका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !