७ बैशाख २०८१, शुक्रबार

ताप्लेजुङमा माओवादीका खेलप्रसाद अघि-अघि, एमालेका योगेश पछि-पछि


खेलप्रसाद बुडाक्षेत्री र योगेश भट्टराई

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले नेकपा एमालेका योगेश भट्टराईलाई निरन्तर पछि पार्दै अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार बुडाक्षेत्री एमालेका भट्टराई भन्दा ७३३ मतले अगाडि रहेका छन् भने भट्टराईले बुडाक्षेत्री लगातार पछ्याइरहेका छन् ।

जारी मत गणना हुँदा बुडाक्षेत्रीले २८२९ मत ल्याएका छन् भने एमालेका भट्टराईले २१९६ मत प्राप्त गरेका छन् । यसरी ताप्लेजुङमा माओवादीका खेलप्रसाद अघि-अघि रहेका छन् भने एमालेका योगेश पछि-पछि रहेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !