![महेन्द्र बहादुर शाही](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2022/11/Mehendra-Bahadur-Shahi-Kalikot-Manma.jpg?fit=1167%2C526&ssl=1)
कालीकोट । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।
शुभकालिका गाउँपालिका वडा नं १ र २ मा प्रतिनिधिसभाको सात सय ३९ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीले पाँच सय ७५, नेकपा (एमाले) का नगेन्द्र शाहीले तीन सय २६, राप्रपाका धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २२ र स्वतन्त्र (पुतली)का काशीचन्द्र बरालले २१ मत प्राप्त गनुभएको छ भने ३८ मत बदर भएका छन् ।