१२ असार २०८१, बुधबार

काठमाडौँ क्षेत्र नं ९ : एमालेका कृष्णगोपाल श्रेष्ठको जित सुनिश्चित


कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ जित सुनिश्चित भएको छ । एमालेका श्रेष्ठले १० हजार २० मत प्राप्त गरेर जित सुनिश्चित भएको हो ।

उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ८ हजार ७२५ प्राप्त गरेर दोस्रो स्थानमा छन् । यस्तै नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ५ हजार २७९ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले ३ हजार ५६१ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् भने साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !