१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ क्षेत्र नं ४ : काँग्रेसका गगन थापा विजयी


गगन थापा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विजयी भएका छन् । थापाले नेकपा (एमाले) का डा. राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

काँग्रेसका थापाले २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार भट्टरार्ईले १३ हजार ८५५ मत प्राप्त गरेका हुन् । थापाले भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेका हुन् । उनको निर्वाचन क्षेत्रबाट जम्मा ४५ हजार ५०३ मत खसेको बताइएको छ ।

यसअघि २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका थापा विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रबाट यो उनको चौथो जित हो । काँग्रेसका महामन्त्री थापाले ह्याट्रिक जित निकालेका हुन् ।

थापा प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनले २०७४ सालमा पनि एमालेका भट्टराईलाई नै पराजित गरेर निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

संविधानसभाको दोस्रो निर्वाचन २०७० मा पनि काठमाडौँ क्षेत्र नं ४ मा थापा नै विजयी भएका थिए । उनले तत्कालीन एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन र एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा थापाले २२ हजार ३३६ मत ल्याउँदा कुइँकेलको ९ हजार २८ र पुनको ६ हजार ४६२ मत ल्याएका थिए ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा पनि उक्त क्षेत्रमा कांग्रेसले नै जितेको थियो । उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार रहेकी विद्यादेवी भण्डारीले नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजय भएकी थिइन् । तर विसं २०७० को निर्वाचनमा कांग्रेसले गगन थापालाई उम्मेदवार बनाएपछि सुप्रभा घिमिरेले ग्रेस परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । कांग्रेसभित्रै बागी उम्मेदवारका बाबजुद पनि थापाले उक्त निर्वाचन जितेका थिए ।

थापा प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए । कांग्रेस महामन्त्री थापाले निर्वाचनपछिको सरकारमा नेतृत्व गर्न आफू तयार रहेको र त्यसका लागि पार्टीभित्रसमेत पहल गर्ने बताइरहेका छन् । राष्ट्रिय राजनीति र सरकारसमेतको नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै उनले आफू पार्टीको संसदीय दलको नेतामा उठ्ने समेत घोषणा गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !