१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं क्षेत्र नं ४ : गगन थापालाई सुरुवाती अग्रता


गगन थापा र डा. राजन भट्टराई

काठमाडौँ । काठमाडौं क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महामन्त्री समेत रहेका उम्मेदवार गगन थापालाई सुरुवाती अग्रता लिएका छन् । कांग्रेसका महामन्त्री थापाले झिनो अग्रता लिएका हुन् ।

आज सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार थापाले ६६८ मत ल्याएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठले ६५ मत ल्याएका छन् । स्वतन्त्रतर्फका उम्मेदवार अर्जुनकुमारले २८ र अर्चनशम्शेर राणाले १९ मत प्राप्त गरेका छन् भने ३८ मत बदर भएको छ ।

काठमाडौं क्षेत्र नं ४ कांग्रेसका थापा र एमालेका भट्टराई पुरानै प्रतिस्पर्धी आमनेसामने रहेको क्षेत्रको बूढानीलकण्ठ नगरपालिका-१ जय भद्रकाली मतदान केन्द्रको १ हजार ५ सय ११ मत गणना गर्दा कांग्रेसका थापाले अग्रता लिएका हुन् ।

यसअघि २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट कांग्रेसका थापा विजयी भएका थिए । यद्यपि स्थानीय तह निर्वाचनमा सो क्षेत्रमा कांग्रेसभन्दा एमालेको पक्कड बलियो देखिएको थियो । थापा र भट्टराईबीच यो दोस्रोपटकको चुनावी मुकाबिला हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !