१४ बैशाख २०८१, शुक्रबार

भक्तपुर क्षेत्र नं १ : मतगणना आरम्भ


प्रेम सुवाल, सुनिल गोठे र नवराज गेलाल

भक्तपुर । भक्तपुर क्षेत्र नं १ को मतगणना सुरु भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।

त्यसैगरी प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो ।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सुनिल गोठे बासु, एमालेका उम्मेदवार नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !