६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मतदान


शेरबहादुर देउवाले गरे मतदान

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले सोही मतदान केन्द्रमा रहेको विद्यालयमा अध्ययन गरेका थिए । नेपाली कांग्रेसका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका देउवा निर्वाचनअघि दुई पटक डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावीसभामा सहभागी भएका थिए ।

विसं २०४८ बाट डडेल्धुरादेखि निरन्तर चुनाव जित्दै आएका प्रधानमन्त्री देउवा अहिले सातौं पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । प्रधानमन्त्री देउवाले आफूले मतदान गरेको भन्दै आम नेपाली जनतालाई पनि मतदानमा सहभागी हुन् आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !