१५ बैशाख २०८१, शनिबार

एसईई परीक्षा खारेज गर्न युवा नेता गगन थापाको प्रस्ताव


गगन थापा

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । आज भएको उक्त बैठकमा नेता थापाले अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

नेता थापाले बैठकमा बोल्दै भने, “त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिन्छ । एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु