२४ बैशाख २०८१, सोमबार

कक्षा ११ र १२ को परीक्षा स्थगित


राष्ट्रिय परीक्षा बोर्ड

२५ चैत, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिले तत्कालका लागि कक्षा ११ र १२ को निर्धारित परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो । सरकारले लकडाउन खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ । कोरोना भाइरसका कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । कक्षा ११ र १२ मा करिब ९ लाख ६२ हजार परीक्षार्थी रहेका छन् । ४ लाख ६२ हजार विद्यार्थी एसईईको तयारीमा रहेका थिए ।

कोरोना भाइरसका कारण कक्षा ११ र १२ को परीक्षा स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !