६ मंसिर २०८१, बिहीबार

सरकारको निर्णय : चैत मसान्तसम्म स्कुल तथा कलेज बन्द गर्ने, एसईई परीक्षा भने नरोकिने


स्कुल

५ चैत, काठमाडौं । नेपाल सरकारले चैत मसान्तसम्म स्कुल तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले चैत्र ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । आज बुधवार बसेको बैठकले एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्प डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन । कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !