पुस १, काठमाडौँ । गत कात्तिक ३० र मंसिर १ गते लिइएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । नतिजाअनुसार परीक्षामा १ लाख ४ हजार ३४६ जना परीक्षार्थी सहभागी भएकोमा ४ जनाको परीक्षा रद्द गरिएको छ ।