९ मंसिर २०८१, आइतबार

त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका नै साटफेर, लेखा अधिकृत पक्राउ


पक्राउ

२३ मंसिर, काठमाडौं । उत्तरपुस्तिका नै साटफेर गरेर त्रिभुवन विश्वविद्यालयमा अनियमितता हुने गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए ।

त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तरपुस्तिका भेटिए । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको घर्रामा भएको सामान बिर्सिएका रहेछन् । उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबेल मच्चियो ।

दाहालको घर्रामा भेटिएका ती कापी उदयपुरको त्रियुवा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटमा अध्ययनरत हिरा कटुवालको खुल्यो । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार त्रियुगा बहुमुखी क्याम्पसमा कार्यरत तेजनारायण चौधरीले सेटिङ मिलाएर उत्तरपुस्तिका साटफेर गरेका थिए । दाहालले परीक्षाको गोप्य शाखा पसेर जानुका र हिराका उत्तरपुस्तिका पत्ता लगाए ।

ती उत्तरपुस्तिकाको बाहिरी पाना निकालेर नक्कली उत्तरपुस्तिकामा लगाए अनि परीक्षा केन्द्रमा लेखिएको भित्री भाग झिकेर ल्याइ फेरबदल गरे । परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए । लगत्तै छानबिन सुरु भयो । सूचना थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्यो अनि दाहालललाई पक्राउ गर्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !