१२ बैशाख २०८१, बुधबार

किन त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी ? यस्तो छ कारण


तालाबन्दी

८ कात्तिक, काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । वरिष्ठतम प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् ।

गत सोमबार विभागमा तालाबन्दी गरेका विद्यार्थीले हिजो त्रिवी रजिष्टरको कार्यालयमा तालाबन्दी गरेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले जनप्रशासनको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै निर्णय सच्याउन दबाब दिँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !