१३ बैशाख २०८१, बिहिबार

त्रिविको उपकुलपति सिफारिसमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा


डा. भगवान कोइराला

१७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बर भएकोले उहाँको सम्भावना प्रबल देखिन्छ । जसमा धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ । डा. कोइराला मुटु शल्य चिकित्सक हुन् भने डा. बास्कोटा ईएनटी विशेषज्ञ हुन् । चन्द्रमणी पौडेल भने राष्ट्रिय परिक्षा बोर्डको अध्यक्ष हुन्, उनी त्रिविकै पूर्व रेजिस्ट्रार समेत थिए ।

सरकारले सहकुलपति एवम् शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा साउन २० गते नयाँ उपकुलपतिको नाम सिफारिस समिति गठन भएको थियो । तर, समितिले लामो समयसम्म पनि नाम छनोट गर्न नसकेपछि रेक्टर सुधा त्रिपाठीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । समितिमा व्यवस्थापन संकायको डिन, डिल्लीराम शर्मा र मेची क्याम्पस झापाका क्याम्पस प्रमुख कमल प्रसाद गुरागाइँ सदस्य थिए । हाल निमित्त उपकुलपतिको जिम्मेवारी बहन गरिरहेकी प्रा. डा. सुधा त्रिपाठीको नाम भने उक्त सिफारिसमा परेको छैन । यो सिफारिससंगै त्रिभुवन विश्वविद्यालयले केहि समयको अन्तरालमा नयाँ उपकुलपति पाउने देखिन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !