७ मंसिर २०८१, शुक्रबार

जनप्रतिनिधिबाट राजीनामा दिएर शिक्षिका


Jajarkot

१७ भदौ, जाजरकोट । जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बन्नुभएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो । शाही तत्कालीन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्यसमेत निर्वाचित हुनुभएको थियो ।

उहाँ छेडागाड नगरपालिका–७ को भानुभक्त आधारभूत विद्यालयको शिक्षिका बन्नुभएको हो । बिहीबार जिल्ला समन्वय समितिबाट राजीनामा दिइ जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षामा समेल हुनुभएको थियो ।

कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाइ अनुदान दरबन्दीमा उहाँ शिक्षिका भएको जिल्ला शिक्षा समन्वय इकाइ जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार शाहीले पदबाट राजीनामा दिएकाले शिक्षण पेशामा लाग्न पाउने अधिकार भएकाले परीक्षामा उत्तीर्ण भई सिफारिश गरिएको हो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !