१ फाल्गुन २०८२, शुक्रबार

निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय


काठमाडौँ । निजी विद्यालयहरूले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको हो ।

निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । नेपाल मन्टेश्वरी एसोसिएसन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

 शोक बिदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !