१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं उपत्यकाका निजी विद्यालय भोलि बन्द गरिने


विद्यालय

काठमाडौं । काठमाडौंका निजी विद्यालय भोलि बन्द गरिने भएका छन् । नेपाल प्याब्सनका अध्यष सुवास न्यौपानेका अनुसार भोलि मंगलबार विषम् परिस्थितिमा विद्यालय खुलाउन नसकिने हुँदा बन्द गर्न लागिएको हो ।

सोमबार काठमाडौंसहित देशभर भएको प्रदर्शनका क्रममा कम्तिमा पनि २० जनाको मृत्यु भएकोमा अधिकांश विद्यार्थी रहेको अनुमान गरिएको छ । साना तथा ठूला विद्यालयहरूले मंगलबार एक दिन विद्यालय बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !