३ जेष्ठ २०८२, शुक्रबार

कक्षा–१२ को परीक्षा नसार्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नसार्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकको आज वैशाख ९ गते बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बताए ।

शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ ।

शिक्षक महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा दिएकोले कक्षा १२ को परीक्षा सर्ने हो कि भनेर आशंका गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !