१२ असार २०८१, बुधबार

संयुक्त दलित अधिकार मञ्च नेपालद्वारा शैक्षिक सामग्री हस्तान्तरण


edu

१९ जेठ, नुवाकोट । नुवाकोट विदुर नगरपालिका स्थित हिजो भएको उत्कृष्ट तथा जेहेन्दार छात्र छात्रा शैक्षिक सामाग्री वितरण कार्यक्रममा संयुक्त दलित अधिकार मञ्च नेपालद्वारा गरिव तथा जेहेन्दार छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा सभापति इन्द्र वहादुर मिजार त्यस्तै प्रमुख अतिथि प्रदेश सांसद कल्पना नेपाली तथा विशेष अतिथि सयुत्त दलित अधिकार मञ्च नेपाल नुवाकोटका अध्यक्ष एवं केन्द्रीय सदस्य रामशरण मजकोटी सहभागी भएका थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथि कल्पना नेपाली भन्नु हुन्छ शैक्षिक क्षेत्रमा यस्ता जेहेन्दार बिद्यार्थी लाई प्रदेशको तर्फबाट गर्नु पर्ने साथ र सहयोग पुर्ण रुपमा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै मन्तव्यको क्रममा जिल्ला अध्यक्ष रामशरण मजकोटी भन्छ्न केही दिन अगाडि मात्र भएको दलित बिद्यार्थी भर्ना नलिएको विषयको घोर बिरोध जनाएका छ्न । यसरी समाजमा हुने दलित बिद्यार्थी माथीको क्रियाकलापमा सरकारको ध्यानाकर्षण बेलैमा हो । साथै गरिव तथा जेहेन्दार १० जना दलित विद्यारलाई शैक्षिक सामाग्रीका साथै बिधालय पोसाक पनि केही दिन मै वितरण गर्ने कार्यक्रम घोषण गरेका छ्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !