१५ बैशाख २०८१, शनिबार

जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न बाेर्डकाे निर्देशन


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । परीक्षा बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउन सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले जारी गरेको सूचनामा शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको पनि बताइएको छ ।

यस्तो छ हेरनीहोस् राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचना

यस्तो छ हेरनीहोस् राष्ट्रिय परीक्षा बोर्डले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !