२ जेष्ठ २०८१, बुधबार

माघ ११ गतेदेखि अनलाइन पढाउन सबै क्याम्पसलाई त्रिविको निर्देशन


त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण सबै क्याम्पसले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ ।

त्रिविका अनुसार यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमबार (भोलि) १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !