७ मंसिर २०८१, शुक्रबार

‘महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित, अन्य परीक्षा सञ्चालन गर्नुको आधार के ?’


गगन थापा फाइल फोटो

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो ? भन्दै प्रश्न गरेका छन्।

नेता थापाले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा के छ ? भन्दै प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो भन्दै माग गरेका छन्

उनले सामाजिक संजालमा लेखेका छन्, “कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !