७ बैशाख २०८१, शुक्रबार

स्नातक र स्तानकोत्तर तहको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)


त्रिभुवन विश्वविद्यालय

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालयले स्थगित सम्पूर्ण परीक्षा मंसिरबाट संचालन गर्ने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने भनिएको छ ।

विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !