७ मंसिर २०८१, शुक्रबार

एसईईको सार्वजनिक भएको नतिजा यसरी हेर्नुहोस्


एसइई परीक्षा

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा केहि समयअघि प्रकाशित भएको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको थियो । परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार परीक्षाफल केहि समय अघि प्रकाशित भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय एसईईले करिब १ साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो । एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए ।

त्यस समयमा नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोरोनाको संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो । तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो ।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन विद्यार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको छ ।

विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ । ४ लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि ४ लाख ८२ हजार जनाले फारम भरेका थिए । ९९२२ जना भने अयोग्य भएका छन् । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

यसरी हेर्नुहोस् एसईईको नतिजा

  • टेलिफोन (IVR)

नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

  • एसएमएस (SMS)

नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

  • वेभसाइट (Website)

माध्यमिक शिक्षा परीक्षा कक्षा १० काे वेबसाइट see.gov.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा नतिजा हेर्न सकिनेछ । एनसेलको वेबसाइट see.ncell.axiata.com मा नतिजा हेर्न सकिनेछ । एडीयु संजाल डटकमको वेबसाइट see.edusanjal.com मा नतिजा हेर्न सकिनेछ । साथै कान्तिपुर पब्लिकेशनको वेबसाइट results.ekantipur.com पनि नतिजा हेर्न सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा जिपिए हेर्न सकिनेछ ।

यसरी हेर्नुहोस् एसईईको नतिजा

एसईईको नतिजा

एसईईको नतिजा

एसईईको नतिजा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !