२३ चैत्र २०८१, शनिबार

बिराटनगरकाे सम्पर्क कार्यालय हटाउनु सकारात्मक 


Editorial

नेपालपत्र, १० जेेठ २०७५ । उद्देेेश्य सकिएको निकै वर्ष बितिसक्दा पनि सञ्चालन हुँदै आएको भारतीय दूतावासको सम्पर्क कार्यालय लगातरको दबाब पछि अन्ततः हट्ने भएको छ।

१० वर्षअघि सप्तकोसी नदीमा आएको बाढीले पूर्व पश्चिम राजमार्ग अवरोध भएको अवस्थामा भारतकाे बाटाे प्रयाेग भएर गाडी सञ्चालनको लागि फिल्ड अफिस खोलेको थियो । तर नेपाली वाटाे सञ्चालनमा अाउनेसाथ नेपालले उक्त कार्यालय हटाउन गरेकाे पटकपटक नेपाल सरकारको आग्रहलाई व्यवस्ता गर्दैआएको थियो।

नेपाली भूमिमा अर्को देशको अनावश्यक हस्तक्षेप बढेका कारण भारत र नेपालबीच अविश्वास बढेको थियो। नेपालबाट भारतीय दूतावासको क्षेत्रीय सम्पर्क कार्यालय हटाउने निर्णयले भारतको प्रभाव र विस्तार कम हुने आँकलन गर्न सकिन्छ।

भारतको यो पछिल्लो निर्णयलाई उसले विगतमा गरेको नकरात्मक कार्य र गलत निर्णयलाई सच्याउने अवसरको रुपमा लिन सकिन्छ। यसवाट भारत नेपालसँगको सम्बन्ध सुमधुर बनाउन चाहिरहेको बुझ्न सकिन्छ। नेपाललाई हस्तक्षेप गरेर भन्दा पनि सहकार्यबाट अगाडि बढ्नुपर्छ भन्ने सोच पछिल्लो समय मोदी सरकारमा रहेको स्पष्ट हुँदै आएको छ।

नाकाबन्दीपछि धेरै नै चिसिएको नेपाल-भारत सम्बन्ध सुधारको लागि भारतले हटाउन लागेको विराटनगरस्थित दूतावासको अस्थायी सम्पर्क कार्यालयलाई सम्बन्ध सुधारको एउटा नमुना मान्न सकिन्छ। पछिल्लो समयमा नेपाल र भारत दुवैले चिसिएको सम्बन्धलाई सुधार्न प्रयासरत रहेकाे र भारतकाे याे कदम पनि त्यस अनुरूपकै कदम हाे ।

चिसिएको सम्बन्ध सुधार र विश्वासको वातावरण बनाउन एकअर्काको राष्ट्रिय स्वाधीनता स्वतंत्रता र सहअस्तित्व स्वीकार गर्न सकेको अवस्थामा दुवै देशबीचको सम्बन्ध फेरि पुरानै हार्दिकतापूर्ण र सम्मानजनक अवस्थामा पुग्न कुनै समय लाग्नेछैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !