६ मंसिर २०८१, बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे भ्रमण तयारी र अनावश्यक महत्व 


Editorial

नेपालपत्र, २४ वैशाख २०७५ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी केहिदिन भित्रै नेपालकाे अाैपचारिक भ्रमणमा नेपाल अाउँदै हुनुहुन्छ । प्रधानमन्त्री माेदीले केपि अाेलीकाे भारत भ्रमणकाे एक महिना भित्रै नेपाल अाउन लाग्नुभएकाे हाे। माेदी यही वैशाख २८ गते सिधै जनकपुर अाउनुहुनेछ र त्यहाँ जनकपुरधाम घुम्नु हुनेछ । विगतमा भारतले नाकाबन्दी लगाएपछिकाे याे पहिलाे भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण हुनेछ ।

छिमेकी देशका प्रधानमन्त्रीले अाफ्नाे छिमेकी राष्ट्रकाे भ्रमण गर्नु कुनै नाैलाे र असाधारण विषय हाेइन । तर नेपालमा भारतीय प्रधानमन्त्रीकाे भ्रमणलाई उच्च प्राथमिकता दिएकाे पाइन्छ । अतिथिकाे सत्कार गर्नुपर्छ तर सत्कारकाे नाममा चाहिनेभन्दा बढि तामझाम अावश्यक छैन । बिशेषगरी याे पटककाे माेदीकाे भ्रमण राजनैतिक उद्देश्यका लागिभन्दा पनि धार्मिक उद्देश्यले नेपाल अाउन लाग्नुभएकाे हाे । उहाँले याे भ्रमणकाे सुरूवात जनकपुरवाट गर्ने अाैपचारिक जानकारी दिइएकाे छ। भारतीय वायु सेनाको हेलिकप्टरबाट जनकपुरको विमानस्थलमा अवतरण गर्ने भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्रीले स्वागत गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री मोदी पूजाका लागि जानकी मन्दिर आउने कार्यक्रम रहेको छ ।

मोदीलाई जानकी मन्दिरमै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । पूजा आराधनापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्नुहुने छ । रामायण सर्किटसँगै जनकपुर अयोध्या बस सेवालाई हरियो झण्डा देखाएर सञ्चालन गरिने छ ।

जानकी मन्दिरपछि बाह्रबिघा मैदानमा भारतीय प्रधानमन्त्री मोदीले प्रदेश र जनकपुर उपमहानगरपालिकाबाट नागरिक अभिन्दन ग्रहण गर्ने कार्यक्रम छ । बाह्रबिघाबाट काठमाण्डाैका लागि प्रस्थान गर्ने भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक रुपमा द्विपक्षीय बार्तामा सहभागी हुनेछन् ।
माेदी जनकपुर अाउने दिनमा प्रदेश नं. २ ले सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरिसकेकाे छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले जनकपुर क्षेत्रको सांस्कृतिक पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । रामायण सर्किट, जनकपुर अयोध्या बस सेवा अतिरिक्त जनकपुरकै विकासमा केन्द्रित रही नागरिक अभिनन्दनपछि भारतीय प्रधानमन्त्रीले सम्बोधनको क्रममा विशेष प्याकेज घोषणा गर्ने आंकलन गरिएको छ ।

यसरी धार्मिक उद्देश्य लिएर नेपाल भ्रमणमा अाउन लाग्नु भएका प्रधानमन्त्री माेदीलाई नागरिकले कति स्वागत गर्ने हुन, त्याे भने हेर्न वाँकी नै छ । तर अन्य देशका प्रधानमन्त्री अाउँदा खासै तयारी नगर्ने नेपालले माेदीकाे लागि गरेका क्रियाकलापहरू अति नै साेचनिय रहेकाे छ । किन यति धेरै महत्व दिइएकाे माेदीकाे भ्रमणलाई? जनकपुरदेखि काठमाण्डाै, दुई साता अगाडिवाट नै माेदीकाे स्वागतकाे तयारीमा जुटेकाे छ । के माेदीलाई यसरी नै नाकाबन्दी लगाएकाे गुन तिर्न लागेकाे हाे नेपालले? यदि हाेइन भने किन यति धेरै महत्व दिनु?

जसले नेपालकाे राजनैतिक र अार्थिक गतिविधिमा समेत उसकाे सहमति र हस्तक्षेप अावश्यक ठान्दछ त्यस देशका प्रधानमन्त्रीलाई यति ठूलाे महत्व दिनु अावश्यक छैन । कुनै समय भारतीय हस्तक्षेपमा अडिग रहेर कमाएकाे चर्चा र इज्जत यसरी फेरि चाहिनेभन्दा बढि महत्व दिएर साख गिराउन लागिपरेकाे नेपाललाई खवरदारी गर्न देशभक्त नागरिकले अग्रसरता लिनु अावश्यक छ । हाेइन भने नारामा मात्रै सीमित हुन पुग्दछ देशभक्ति भावना । त्यसैले अतिथि सत्कार र अाैपचारिक कार्यक्रम गरेपनि माेदी कै भ्रमणकाे लागि भन्दै गरिएका अनेक गतिविधिले नेपालकाे स्वाभिमान माथि नै असर गर्न सक्ने हुँदा याे विषयमा गम्भीर भएर कदम चाल्न अावश्यक भएकाे छ । सम्बन्धित निकायकाे ध्यान पुगाेस् । समयमै उचित कदम चालियाेस ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !