नेपालपत्र, १८ वैशाख २०७५ । अाज १२९ अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर श्रमिकहरूले अाफ्नाे अधिकार सुनिश्चत भएकाे दिनकाे रूपमा मनाउने गर्दछन् । अाज पनि देशैभर श्रमिकहरूले विविध कार्यक्रम गरेर श्रमिक दिवस मनाए । तर अाजकाे कार्यक्रम पनि विगतकाेभन्दा कुनै नाैलाे देखिएन । प्रमुख दलका प्रमुख नेताले एकभन्दा बढी कार्यक्रममा सहभागी भएर शुभकामना दिने बाहेक खासै कुनै प्रगति भएकाे पाइएन ।
प्रधानमन्त्रीदेखि ठूला दलका नेताले शुभकामना दिन अाज भ्याइ नभ्याइ भएकाे थियाे । तर न सरकारले अाज श्रमिककाे हितमा कुनै निर्णय गर्न नै सक्याे न त श्रमिक अास्वस्त हुने अवस्था नै बन्याे । विगतमा झैं अाज पनि भाषण त भयाे तर श्रमिककाे उचित व्यवस्थापन हुने कुनै संकेत मिलेकाे छैन ।
मजदुरकाे अवस्था भने नाजुक छ । तीन जनाकाे परिवार पाल्न न्युनतम २० हजारले पनि हम्मे हम्मे पर्छ । सहरमा एउटा काेठा भाडाकाे लागि करिब ५ हजार तिर्नुपर्छ भने, खानाकाे लागि ४ हजार अावश्यक छ, त्यस्तै एउटा बच्चालाई पढाउन मासिक ४ हजार अावश्यक देखिन्छ । साथै भैपरी अाउने उपचार लगायतका खर्च हेर्ने हाे भने त त्याे भन्दा बढी नै अावश्यक पर्छ तर सरकारले न्युनतम पारिश्रमिक भनेर ९ हजार ५ सय ताेकेकाे छ । अहिलेकाे महङ्गीमा त्याे पारिश्रमिक व्यवहारिक छैन तर पुनरावलाेकन गर्ने कुनै छाट न सरकारले देखाएकाे छ न सम्बन्धित पक्षले नै चासाे देखाएका छन् ।
यसरी श्रमिककाे श्रमकाे शाेषण भइरहेकाे छ तर श्रमिक दिवसकाे सेराेफेराेमा केही दिन याे विषयले चर्चा पाएपनि विगतमा कुनै उपलब्धि हुन सकेकाे ईतिहास हाम्राे देशमा रहेकाे छैन । मजदुरकाे उचित व्यवस्थापन र विदेश पलायनवाट राेक्नसमेत सरकारले समयमै उचित निर्णय लिनु अावश्यक हुन्छ ।
सन् १८८६ मा अमेरिकाको सिकागोवाट यो दिवसको शुरु भएको हो । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरेको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
बिदा दिएर मात्रै श्रमिककाे हित हुन्न श्रमिकलाई अावश्यक पर्ने न्युनतम अावश्यक पर्ने खाना, अावास र एउटा बच्चा लालनपालन गर्न लाग्ने खर्च धान्ने पारिश्रमिक न्युनतम पारिश्रमिक बनाइनुपर्छ साथै अाजभन्दा ४ वर्ष अगाडिकाे महङ्गीमा ताेकिएकाे पारिश्रमिक अाज सान्दर्भिक नभएकाले समयानुकूल समायाेजन हुनु अावश्यक छ । विगतका वर्षहरू झैं याे दिवस पनि शुभकामना दिन र अाैपचारिक कार्यक्रम सम्पन्न गर्न मात्र सीमित भएकाे पाइयाे । तर सरकारले अब वेलामा नै श्रमिककाे हितमा कदम चाल्नुपर्ने अवस्था अाइसकेकाे छ र सरकारले मजदुर हितमा चाँडै निर्णय गर्नेछ भन्ने विश्वास लिनु बाहेक मजदुरसँग विकल्प नै केही छैन । कहिले हुने हाे मजदुरकाे श्रमकाे उचित सम्मान सरकार?