असोज २९, पोखर | कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ । तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले सो ठाउँमै पुगेर वडाध्यक्ष एवं उद्धार तथा विपत् व्यवस्थापन समितिका संयोजक जुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।
गत साउन २४ गते राति हुम्दीखोलामा आएको बाढी पाथ्रे गाउँमा पस्दा १६ घरलाई पूर्ण क्षति पुरयाएको थियो ।
हालसम्म विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहेका महानुभावबाट रु ४१ लाख राहत संकलन भएको छ । संकलित रकमले विस्थापित परिवारका लागि घर निर्माण गरिने वडाध्यक्ष गुरुङले बताउनुभयो ।