२ मंसिर २०८१, आइतबार

विश्वव्यापी कोरोना महामारीले अमेजनका मालिकलाई मालामाल


जेफ बेजोस अमेजन

एजेन्सी, वैशाख ३ । अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसलाई कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीले मालामाल भएको छ । कारोना भाइरसको महामारीका कारण बढेको अनलाइन किनमेलका कारण उनले आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपिएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग अहिले १ खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको ब्लूमबर्ग बीलीनेअर्स इन्डेक्सको तथ्याङ्क छ । अनलाइन किनमेलका लागि विश्वविख्यात अमेजनले कोरोना भाइरसको महामारीको बेला बढेको अनलाइन किनमेलले धेरै नै फाइदा भएको छ ।

माग बढेपछि आपूर्ति धान्नको लागि अमेजनले हजारौँ नयाँ जागिर सिर्जना गरेको छ । अमेजनमा बेजोसको ११ प्रतिशत शेयर छ र मङ्गलवार मात्रै अमेजनको शेयरको मूल्य ५.३ प्रतिशतले बढेको हो । लकडाउनमा अन्य अनलाइन किनमेल संस्थाहरूले पनि नाफा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !