१२ आश्विन २०८१, शनिबार

कर वृद्धि नगर्न सरोकारवालाको सुझाव


tax

बेझाड, ५ असार । रामपुर नगरपालिकालाई कर वृद्धि होइन, यसको दायरा फराकिलो बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

नगरपालिकाद्वारा आज यहाँ आयोजित ‘आगामी आव २०७६/७७ को राजश्व सङ्कलनसम्बन्धी अन्तरक्रिया’मा सहभागीहरुले करको दायरा बढाउन सुझाव दिएका हुन् ।

नगरप्रमुख रमणबहादुर थापाले नगरको विकास र समृद्धिका लागि कर एउटा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै तोकिएको कर तिर्नु नागरिकको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “करमा वृद्धि होइन्, करको दायरा बढाउने नगरपालिकाको योजना छ ।”

प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले अन्य नगरपालिकाको तुलनामा रामपुर नगरपालिकाको राजश्व कम रहेको बताउँदै नगरको आन्तरिक आय बढाउन आवश्यक रहेको बताउनुभयो ।

राजश्व परामर्श समिति रामपुरका सदस्य एवं रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले विगतको कर निर्धारण न्यायोचित नभएकाले अब पूँजीका आधारमा सूचीकृत गरी कर निर्धारण गर्नुपर्ने र कर तिरेअनुरुपको सेवा सुविधा नगरपालिकाले दिनुपर्ने बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !