२ असार २०८१, शनिबार

लक्ष्यभन्दा बढी राजश्व सङ्कलन


goverment tax

रुकुमपश्चिम, १४ जेठ । आठबीसकोट नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो दश महीनामा रु एक करोड ५५ लाख २८ हजार ३८७ राजश्व सङ्कलन गरेको छ ।

चालू आर्थिक वर्षका लागि नगरपालिकाले लिएको लक्ष्यको तुलनामा यो रु पाँच लाख २८ हजार २८७ बढी राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षका लागि नगरपालिकाले रु एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, कर सङ्कलन केन्द्र, नगर अस्पताल, नगर प्रहरी, नगरपालिकाका विभिन्न शाखा, नगर क्यान्टिन, घरजग्गा रजिष्ट्रेशन, पशु सेवा कार्यालयलगायतबाट उक्त राजश्व सङ्कलन भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार १४ वटा वडा कार्यालयबाट सङ्कलित ४२ लाख ३८ हजार ९५७, नगरपालिका कार्यालयबाट २७ लाख ९७ हजार ३८८, कर सङ्कलन केन्द्रबाट दुई लाख २३ हजार २१५, नगर अस्पतालबाट १८ लाख ३९ हजार ५४० र नगर प्रहरीबाट रु एक लाख ७७ हजार १०० राजश्व सङ्कलन भएको छ ।

त्यस्तै विभिन्न शाखाबाट २५ लाख ३२ हजार ७७०, नगर क्याण्टिनबाट १५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३६ लाख ९८ हजार ७२५, पशुसेवा कार्यालयबाट पाँच हजार ६९२ राजश्व उठेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

जिल्लाका ६ वटा स्थानीय तहमध्येमा आठबीसकोट सबैभन्दा बढी राजश्व सङ्कलन गर्ने स्थानीय तह हो । गत वर्ष पनि नगरपालिकाले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !