![nic](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/12/nic.jpg?fit=918%2C568&ssl=1)
२४ मङ्सिर, काठमाडौं । झापा गाउँपालिका २ झापा बजारमा एन आई सी एशिया बैंकले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरेका थिए ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।