१२ आश्विन २०८१, शनिबार

उपभोक्ता ठग्ने ४१४९ ब्यापारी काठमाडौंमा पक्राउ, नापतौल भन्छ- बाँकीलाई पनि कारवाहीको दायरामा


काठमाडौ । आर्थिक वर्ष २०७२/७३ मा नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले अनियमित रुपमा नापतौल यन्त्र प्रयोग गर्ने चार हजारभन्दा बढी व्यापारीलाई कारबाही गरेको छ ।

व्यापारीले नापतौलको प्रयोग गरी कम मात्रामा सामान बेचेको सूचनाका आधारमा अनुसन्धान गर्दा दोषी पाइएका चार हजार १४९ व्यापारीलाई कारबाही गरेको कार्यालय प्रमुख शशीभुषण यादवले जानकारी दिए ।

“ठग्ने व्यापारीलाई कानुनी दायरामा ल्याउँछौँ,” उनले भने । कार्यालयले गत आवमा तीन हजार २२७ व्यापारीलाई नाप्ने तौलने यन्त्रको अनुमति र ५७ वटा कम्पनीलाई इजाजतपत्र दिएको जनाएको छ ।

आठ हजार ३७८ व्यापारीले कार्यालयमा गएर नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँचपास गराएका छन् । कार्यालय प्रमुख यादवकाअनुसार सोही आवमा ३७० पेट्रोलियम पदार्थ वितरण पम्पको जाँच गरिएको छ । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !