४ असार २०८१, सोमबार

कर्जा प्रवाह गर्ने लक्ष्ममा कृषि बैंक सफल


agriculture bank

३१ साउन, मोरङ । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४/७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ ।

सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिनुभयो ।

रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा रु पाँच करोड ६३ लाख ८२ हजार असुली गरेको छ । गत आवमा रु सात करोड २४ लाख ७२ हजार खुद आम्दानी गरेको सो बैंकले जनाएको छ । बैंकमा आठ सय आठ ऋणी तथा तीन हजार आठ सय निक्षेपकर्ता रहेका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !