काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड तथा Khalti by IME को सहकार्यमा नेपाल बैंक लिमिटेडले बैंककोे ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ माघ र फागुन महिनाभर लागु हुनेगरी बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी ” Link, Load & Withdraw – Win Rewards via Khalti” अभियान सञ्चालनमा ल्याएकोे छ ।
सो अभियान अवधिभर ग्राहक तथा कर्मचारीले नेपाल बैंकको खाता Khalti मा link गरी कारोबार गर्दा हरेक हप्ता दुईजनालाई movie tickets वा Khalti Pro Subscription र अभियानभरको कारोबारको आधारमा दुई जनालाई जनही नगद रु. १५,००० (अक्षरेपी रु. पन्ध्र हजार मात्र) पुरस्कार प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ ।
सो अभियानमा योग्य हुनको लागि खल्तीमा दर्ता भई KYC अद्यावधिक गरिएको हुनुपर्ने, यस बैंकको खाता Khalti Wallet मा Link हुनुपर्ने तथा Link गरिएको खाता मार्फत कारोबार भएको हुनुपर्नेछ । यस सम्बन्धमा थप जानकारी लिनको लागि नजिकैको शाखा तथा यस बैंकको कल सेन्टरको फोन नं. ०१-५९७१२२२ मा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ । यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङ तर्फ उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि बैंकले लिएको छ ।
हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ ।












