२ फाल्गुन २०८२, शनिबार

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता


नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लिका विभिन्न स्थानहरूमा रहेका प्याथ ल्याब क्लिनिकहरूमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवाको लागि सर्तहरूमा रही निःशुल्क होम डेलिभरीको सुविधा सहित र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लीको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !