७ फाल्गुन २०८२, बिहिबार

एनआइसी एसिया बैङ्कको सीईओमा सुजित शाक्य नियुक्त


सुजित शाक्य

काठमाडौं । एनआइसी एसिया बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । आज सोमबार बिहान बसेको बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नबिल बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीडीसीईओ) शाक्य एनआईसी एसिया बैंकको सीईओ नियुक्त भएका हुन् । बैंकका तत्कालीन सीईओ रोशन कुमार न्यौपाने ४ वर्षका लागि दोस्रो कार्यकालमा नियुक्त भएको कार्यकाल पुरा नहुँदै राजिनामा दिएपछि रिक्त भएको सीईओ पदमा शाक्य नियुक्त भएका हुन् ।

एनआइसी एशिया बैंककै पूर्व कर्मचारी शाक्य सिभिल बैंक, जनता बैंक हुँदै ग्लोबल आईएमई बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए । हाल नबिल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

शाक्यसँग आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नुपर्ने गरी समझदारी भएको छ । बैंकिङ क्षेत्रमा उनको २८ वर्षभन्दा बढी अनुभव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !