५ फाल्गुन २०८२, मंगलबार

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता


नागरिक लगानी कोष र सभापोखरी हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरे ।

सभापोखरी हाइड्रोले प्रतिसेयर १ सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ताबापत १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !