५ फाल्गुन २०८२, मंगलबार

नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढ्यो


नागरिक लगानी कोष

काठमाडौं । नागरिक लगानी कोषको नाफा १३ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशत बढेको हो ।

कोषले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब १० करोड रुपैयाँ थियो । कोषको ब्याज आम्दानी घटेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी बढेको छ ।

ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ४४ करोड रहेकोमा गत आर्थिक वर्ष ३३ करोडमा झरेको छ । सेवा शुल्क तथा कमिसन आम्दानी अघिल्लो आवमा १ अर्ब ४१ करोड रहेकोमा गत आवमा १ अर्ब ६५ करोड छ ।

सेवा शुल्क तथा कमिसन आम्दानीमा आएको वृद्धिले नाफा बढेको हो । कोषले असार मसान्तसम्म १ खर्ब ५८ अर्ब रुपैयाँ विभिन्न बैंकमा मुद्दती निक्षेपका रुपमा लगनी गरेको छ ।

त्यस्तै ३१ अर्ब रुपैयाँ विभिन्न संगठित संस्थाका धितोपत्रमा लगानी गरेको छ । ६० अर्ब रुपैयाँ सहभागी सापटी तथा आवास कर्जा प्रदान गरेको छ । कम्पनीको खुद कोष मौज्दात २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर छ ।

प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा छ । पहिले प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा थियो । बोनस सेयर प्रदान गरेपछि कम्पनीको चुक्ता पूँजी (सेयर संख्या) बढेकाले नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको हो । गत साता बजार बन्द हुँदा बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९७१ रुपैयाँ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !