२ फाल्गुन २०८२, शनिबार

नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लिवीच सम्झौता


नेपाल बैंक र स्लाभिका आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्रा.लिवीच सम्झौता

काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्राइभेटमा लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुर ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुटपाउनुका साथै गाइनोलेजी कन्सल्ट उइथ आइभीएफ स्पेशलिस्ट सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको तर्फबाटअध्यक्ष अजयजंग कुँवरले हस्ताक्षर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !