१ फाल्गुन २०८२, शुक्रबार

नेपाल बैंकको नाफा ३ अर्ब ७७ करोड, लाभांश क्षमता भने ऋणात्मक


नेपाल बैंक

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल बैंकको खुद नाफा ३२.६५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंकको ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आवमा बैंकले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ गरेको छ ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ४९ लाख, सञ्चालन आम्दानी ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । बैंकको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । बैंकको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।

चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ ।

गत आवमा बैंकले ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.४७ प्रतिशत छ ।

त्यसैगरी बैंकको खराब कर्जा पनि ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी भने ०.१९ रुपियाँ बाट २५.६८ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपियाँ र मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !