२ फाल्गुन २०८२, शनिबार

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले वृद्धि, एक वर्षमै कमायो ३ अर्ब ८१ करोड


राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा कुल ३ अर्ब ८१ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४९.५३ प्रतिशतले बढी हो । त्यतिबेला बैंकले २ अर्ब ५५ करोड रुपियाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३ करोडबाट बढेर १० अर्ब ८ करोड रुपियाँ पुगेको छ भने कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपियाँ बाट बढेर १२ अर्ब ८४ करोड रुपियाँ पुगेको छ। त्यस्तै, गत आवमा बैंकको सञ्चालन नाफा ४ अर्ब ९ करोड रुपियाँ बाट ३१.५९ प्रतिशतले ५ अर्ब ३८ करोड रुपियाँ पुगेको छ ।

नाफा, ब्याज र कुल आम्दानी बढेसँगै अघिल्लो आवमा १ अर्ब २२ करोड रुपियाँ ले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत आवमा ३० करोड ३४ लाख रुपियाँ धनात्मक भएको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि १६.३२ रुपियाँ बाट बढेर २४.४१ रुपियाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ । १५ अर्ब ६३ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ अर्ब ४७ करोड रुपियाँ सञ्चित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !