२ फाल्गुन २०८२, शनिबार

कृषि विकास बैंकका शाखा प्रबन्धक मृत फेला


मृत

दाङ । कृषि विकास बैंकका शाखा प्रबन्धक रूकुम पूर्वमा मृत भेटिएका छन् । सल्यानको बागचौर नगरपालिका-८ घर भई कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

उनी आज आफ्नै क्वाटरमा चार बजेतिर मृत भेटिएका हुन्। क्वाटरमा बस्ने कर्मचारीका अनुसार गिरी बिहान ११ बजेतिर नुहाएर सुतेका थिए। चार बजेसम्म पनि नउठेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी पुगेर हेर्दा सुतेकै ठाउँमा उनको मृत्यु भइसकेको बताइएको छ । सल्यानबाट उनका परिवार पु्ग्दै गरेका र परिवारको सनाखतपछि पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !