काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट हुने भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडी खरिदमा विशेष छुट हुने नेपाल बैंकका प्रमुख सूचना अधिकारी होम बहादुर खड्काले जानकारी दिए ।
सुजुकी गाडीको अधिकृत विक्रेता न्यान्सी अटोमोबाइल्स प्रा. लि. बाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी हिजो बिहीबार सम्झौता भएको हो ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले न्यान्सी अटोमोबाइल्स प्रा. लि. बाट सुजुकी ब्राण्डका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. तीस हजारदेखि एक लाख पचहत्तर हजारसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र न्यान्सी अटोमोबाइल्स प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका थिए ।












