४ फाल्गुन २०८२, सोमबार

नवनियुक्त गभर्नर पौडेलले सम्हाले कार्यभार


प्रा. डा. विश्वनाथ पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले कार्यभार सम्हालेका हुन् ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो । लामो रस्साकस्सीपछि राष्ट्र बैंकले १८औं गभर्नरका रूपमा पौडेललाई पाएको हो ।

डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

डा. पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन् । उनले इतिहास र अर्थशास्त्रबारे विशेष ज्ञान राख्छन् । उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !