६ फाल्गुन २०८२, बुधबार

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानालाई


nilam-dhungana-timsina24

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर ढुङ्गाना तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई उक्त जिम्मेवारी तोकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । नेपाल राष्ट्रबैंकको तत्कालीन गभर्नर महाप्रसाद अधिकारी आजबाट अवकाश भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !