३० फाल्गुन २०८१, शुक्रबार

नेपाल बैंकले शेयरधनीलाई लाभांश नदिने


नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

गत आवको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि बैठकले गरेको छ । यससँगै यो वर्ष शेयरधनीहरुले लाभांश नपाउने कम्पनीहरुको सूचीमा नेपाल बैंक समेत थपिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !