
काठमाडौं । नेपाल बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । नेपाल बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो ।